
इस्लामावाद । यूएईलाई पाकिस्तान सरकारले दुर्लभ वन्यजन्तुको सिकारका लागि अनुमति दिएपछि सरकारको चर्को आलोचना भइरहेको छ । पाकिस्तान सरकारले यूएईका राजपरिवारलाई हौबारा बस्टार्डको सिकारका लागि अनुमति दिएको थियो ।
पाकिस्तान सरकारको उक्त कदमविरुद्ध १० वर्षीय बालक अहमद हसनले इस्लामावाद उच्च अदालतलमा मुद्दा दायर गरेका छन् । उनले पाकिस्तानमा रहेका फाल्कोन अन्य लोपोन्मुख चराहरुको सिकार गर्न प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । हसनलाई उदृत गर्दै सामा टेलिभिजनले भनेको छ, ‘कसैलाई पनि लोपन्मुख चरा र जनावरको सिकार गर्न दिनु हुँदैन ।’ यस रिट निवेदनप्रति प्रतिक्रिया दिँदै मुख्य न्यायाधीश अतार मिल्लाल्लाले भने, ‘चराहरूको बाँच्ने अधिकारको रक्षाका लागि सिकार गर्नु हुँदैन ।’
विदेशी मुलुकमा फाल्कोनको निर्यात रोक्नसमेत माग गरिएको छ । यस विषयमा उच्च अदालतले विदेश मन्त्रालयलाई जवाफ पेश गर्न आदेश दिएको थियो । तर, विदेश मन्त्रालयले आफ्नो प्रतिक्रिया बुझाउन थप समय माग गरेको छ । खाडी मुलुकमा पाकिस्तानबाट सिकार गरेर ठूलो संख्यामा निर्यात हुने गरेको पाइएको छ । पशुपक्षी संरक्षणका सरकारको निराशाजनक गतिविधिले तस्करहरु मौलाएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्