
इस्लामावाद । पाकिस्तानमा स्वतन्त्र राज्यको माग गर्दै आएका सन्दर्भमा पछिल्लो समय बलुचिस्तान चौकीमा भएको आक्रमणमा सात पाकिस्तानी सेना मारिएका छन् । हरनाई जिल्लामा रहेको फ्रन्टियर कोर्प्स (एफसी) बलूचिस्तान चौकीमा बन्दुकधारीको हमलामा सात पाकिस्तानी सेनाको मृत्यु भएको हो ।
हरनाईको शाह्राग क्षेत्रमा रहेको एक एफसी चौकीलाई लक्षित गरे शनिबार बेलुका “आतंककारी छापामार हमला” भएको थियो । “दोहोरो भिडन्तका क्रममा सातजना बहादुर सिपाहीहरु सहिद भएका छन् । छापा मारेर आतंककारीहरुलाई जबरजस्ती शहदतलाई अँगाले,” एक इन्टर-सर्भिस पब्लिक रिलेशन (आईएसपीआर) ले भनेको छ ।
बलुचिस्तानको अवरन क्षेत्रमा एक गोप्य अप्रेसनका क्रममा सुरक्षा बल र बन्दुकधारीबीच भएको झडपमा १० आतंककारी मारिएको पाँच दिनपछि आतंककारीले बलुचिस्तान चौकीमा हमला गरिएको हो । अक्टोबरको सुरुमा ग्दार जिल्लाको ओरमारामा तटवर्ती राजमार्गमा उनीहरूको सवारीसाधनमा भएको सशस्त्र आक्रमणमा १४ सुरक्षाकर्मी – फ्रन्टियर कोर्प्सका सात जवान र धेरै नागरिक गार्डहरू मारिएका थिए ।
बलूचिस्तान एक संसाधन सम्पन्न तर कम विकसित पाकिस्तानी क्षेत्र हो । जहाँ केही दशकदेखि स्वतन्त्रताको आन्दोलन चलिरहेको छ । धेरै बलूचहरू यो क्षेत्र सन् १९४७ भन्दा पहिले स्वतन्त्र भएको र जबरजस्ती पाकिस्तानले कब्जा गरेको दाबी गरिरहेका छन् । यद्यपि क्रमिकरुपमा पाकिस्तान सरकारले बलपूर्वक आन्दोलन गर्नेहरुलाई अपराधिक आरोप लगाउँदै बेपत्ता पार्ने कदमलाई पनि जारी राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्