×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनवरी ३१ भन्दा अघि राजीनामा दिन पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चेतावनी, यस्तो आरोप लगाईयो

PRIME CA
GLOBAL IME BANK

जनवरी ३१ भन्दा अघि राजीनामा दिन पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चेतावनी, यस्तो आरोप लगाईयो

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

इस्लामावाद । पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले आइतबार पाकिस्तानमा प्रधानमन्त्री इमरान खानलाई जनवरी ३१ भन्दा अघि नै राजीनामा दिन चेतावनी दिएका छन् । प्रधानमन्त्री खान ‘पपेट प्रधानमन्त्री’ भएको आरोप लगाउँदै उनले राजीनामा दिन चेतावनी दिएका हुन् । उनले प्रधानमन्त्री खानले मुलुकका समस्याहरु सम्बोधन गर्न नसकेको आरोपसमेत लगाएका छन् ।
यसअघि ११ विपक्षी पार्टीहरुको गठबन्धन पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) ले पनि प्रधानमन्त्री खानलाई राजीनामा दिन चेतावनी दिएको थियो । पूर्व प्रधानमन्त्री बेनजीर भुटुको १३ औं पुण्यतिथिको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै बिलावले भने, “इमरान खान नेतृत्वको सरकारले आवश्यक वस्तुहरूको मूल्यमा भएको अभूतपूर्व वृद्धि र जनताको जीवन शैली दयनीय बनाउने काम गरेको छ ।”
“कठपुतली प्रधानमन्त्रीलाई देशवासीहरूले सामना गरिरहेका मुद्दाहरूको बारेमा पनि सजगता छैन । किनकि उनी भोटमार्फत सत्तामा आएनन्,” बिलावलले भने, “यदि (प्रधानमन्त्री) इमरानले जनवरी ३१ सम्म राजीनामा नगरे राजधानी इस्लामाबादसम्म बृहत र्‍यालि गर्नेछौं। “
आफ्नी आमा बेनजीर भुट्टोको सम्झना गर्दै बिलावलले भने कि पूर्व प्रधानमन्त्रीको दर्शन “पीडीएमको रुपमा रहेको छ किनकि उनले तानाशाही सेनालाई चुनौती दिएकी थिइन्”। आज सबैको हृदयमा बेनजीर जीवित छन्, र उनीसँग झगडा गर्नेहरू पनि उनीको योगदानको सम्मान गरिरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: