काठमाडौं । नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानको कायर्काल सकिएको छ । ढुंगानको कायर्काल आज शुक्रबारदेखि सकिएको हो । एक दशक एनबि बैंकमा विताएका ढुंगाना २०६८ सालमा सीईओ नियुक्त भएका थिए । उनको पहिलो कार्यकाल २०७४ मा समाप्त भएको थियो ।
बैंकको सञ्चालक समितिको बैठकले सीईओ ढुंगानाको दोस्रो कार्यकाल भदौ २०७४ मा थपेको थियो । ढुंगानाले दुई कार्यकाल बैंकको सीइओ पदको जिम्मेवारी सम्हालेका हुन् । बैंकको सीइओ हुँदा उनी नेपाल बैंकर्स संघको अध्यक्षसमेत बनेका थिए ।