काठमाडौं । मञ्जुश्री फाइनान्सको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको काठमाडौंस्थित नयाँ बानेश्वर भवनमा सम्पन्न भएको हो ।
कम्पनीले कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८र ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले यस कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरिसकेको थियो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्