Skip to content
LAXMI SUNRISE BANK

‘यातायातमा वागमती मुलुककै नमुना बन्छ’ : यातायात मन्त्री दाहाल

अर्थ सरोकार

चितवन । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री माननीय घनश्याम दाहाल यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन् । “यातायातसम्बन्धी कामलाई कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउनु उहाँले भन्नुभयो, जनताले दुख पाए हामी आएको काम हुदैन् ।”

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रमको भर्चुअल माध्यमबाट निर्देशन दिदै मन्त्री दाहाले यातायात सेवा मा वागमतीलाई मुलुककै नमुना बनाउने आफ्नो मुख्य कार्यभार रहेको स्पष्ट पारेका छन् ।

उनले एक काम भएको भन्दै जनताले अनुभूति गर्ने गरि काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । “यातायात कार्यालयहरुमा बिचौलियाको बिगबिगी बढेको जनगुनासो छ, उनले भने अब त्यसलाई समाधान गर्दै तपाईहरुले जनमैत्री र सुशासन कायम गरि सेवा दिनुहोस् । ”

वागमतीमा भर्खर मात्रै श्रम रोजगार तथा यातायात मन्त्रीका रुपमा आएका दाहालले कारोना कहर बढेको भन्दै आम सेवाग्राहीहरुको सहजता र आफ्नै सुरक्षाका लागि पनि यातायातका सेवा अनलाइन माध्यमबाट सञ्चालन गर्न थप निर्देशन दिएका थिए। “म कुनै पनि गुनासो सुन्न चाहान्न उनले भने, अब जनताले अनुभूति हुने गरि काम अगाडी नबढाए कार्वाही गर्नसमेत म पछि हट्ने छैन् ।”

मन्त्री दाहालले कार्यालयहरुमा सेवाग्राहीको चाप कम गर्न बिलबुक नबिकरणलाई अनलाइन माध्यमबाट सञ्चालन गर्नुपर्ने भन्दै उक्त कार्यका लागि मन्त्रालयले आवश्यक समन्वय गर्न तयार रहेको भनाई राखेका छन्। यसैगरि उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन विशेष जोड दिएका थिए ।

समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समयावधिमा कार्यालयहरुले सम्पादन गरेका कामहरुका साथै आम्दानी र खर्च विवरण र सेवाप्रवाहको यथार्थ विवरण सहित आफ्ना कार्यालयहरुमा काम गर्दा देखापरेका समस्याहरूका विषयमा मातहतका कार्यालय प्रमुखहरुले रिपोर्टिङ गरेका थिए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK