काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश बाँड्न रोक लगाएको छ । राष्ट्र बैंकले पूँजी प्रयाप्त नदेखिएको भन्दै बैंकलाई लाभांश बाँडन रोक लगाएको हो ।
बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश रद्ध भएपछि अब लागानीकर्ताहरुको हातखाली हुने भएको छ ।