×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० अर्ब रुपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री राष्ट्र बैंक, मंगलबार बाेलकबाेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१० अर्ब रुपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री राष्ट्र बैंक, मंगलबार बाेलकबाेल

Artha Sarokar

१० माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले २ वर्ष अवधिकाे “विकास ऋणपत्र २०८० (ङ)” नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रकाे बाेलकबाेल माघ ११ गते मंगलबार अपरान्ह २ बजेसम्म हुनेछ ।
माघ १२ गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८० साल माघ १२ गते भुक्तानी हुनेछ । सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ ।
यस्तै इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात एक अर्ब ५० करोड छुट्याइएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी