Skip to content
LAXMI SUNRISE BANK

आशा लघुवित्तको खुद नाफा ८ करोड ७३ लाख रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा

अर्थ सरोकार

काठमाडौं । आशा लघुवित्तलेले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २४.८१% ले धेरै हो ।

यस्तै गत वर्ष कम्पनीले ७ करोड रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा यसको खुद नाफा ५०.५०% ले बढेर १७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ११ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता कम्पनीले सञ्चालन नाफा पनि ५२.२३% ले बढाएर १३ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ९ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ३४ पैसा (बार्षिक) रहेको आशाको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK