काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन् । प्रहरीले मंगलबार ४० लाख जरिवाना तोकिएका रामेछापको सुनापती गाउँपालिका–५ घर भएका ४४ वर्षीय तोरण बावु श्रेष्ठलाई रामेछापको खाँडादेवी गाउँपालिका स्थित लुभुघाटबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले २०७७ जेठ २७ मा उनलाई ४० लाख जरिवाना र १० दिन कैद हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए । काठमाडौंबाट रामेछाप जाँदै गरेको सुराकको आधारमा प्रहरी चौकी लुभुघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत रामेछापमा उपस्थित गराइने प्रहरीले जनाएको छ । श्रेष्ठले खातामा पैसा नभएको जानेर दिएको चेक बाउन्स भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्