काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभा फागुन ११ गते हुने भएको हो । कम्पनीले लेकसाइड पोखरामा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको छ । सभाले १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतका दरले २२ करोड रुपैयाँ बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ ।
सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्नेछ ।कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ २४ गते एक दिन बुक क्लोज गर्नेछ । कम्पनीले प्रस्ताव गरेको लाभांश माघ २३ गतेसम्म कायम शेयरधनीले पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्