×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफको चौथो वार्षिक साधारणसभा फागुन ११ गते हुने, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ज्योति लाइफको चौथो वार्षिक साधारणसभा फागुन ११ गते हुने, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

Artha Sarokar

१३ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभा फागुन ११ गते हुने भएको हो । कम्पनीले लेकसाइड पोखरामा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको छ । सभाले १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतका दरले २२ करोड रुपैयाँ बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ ।

सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्नेछ ।कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ २४ गते एक दिन बुक क्लोज गर्नेछ । कम्पनीले प्रस्ताव गरेको लाभांश माघ २३ गतेसम्म कायम शेयरधनीले पाउने छन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी