काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । संस्थाले उक्त आइपिओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरेको हो ।धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
धौलागिरी लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजतपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखि वित्तीय कारोबार गर्दै आईरहेको संस्था हो । पुस मसान्तसम्ममा यस संस्थाले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । हाल चुक्ता पूँजी ७ करोड रहेकोमा आइपिओ निष्काशन भएपछि १० करोड चुक्ता पूँजी कायम हुने संस्थाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्