×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोठालो भत्ताका लागि जुम्लामा २६५ किसानको आवेदन, भेडापालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गोठालो भत्ताका लागि जुम्लामा २६५ किसानको आवेदन, भेडापालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्य

Artha Sarokar

१७ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन् ।

पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो । कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ । सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताउनुभयो ।

पचासभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार ५०० का दरले वितरण गरिनेछ । जिल्लाका १५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ । उक्त कार्यक्रमका लागि रु ७२ लाख विनियोजन गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी