काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सुभाष कर्माचार्य मनोनित भएका छन् । कम्पनीले कर्माचार्यलाई एक वर्षको कार्यकालका लागि मनोनयन गरेको हो । उनि नेपाल अरनीको हाइड्रोपावरको तर्फबाट चयन भएका हुन् ।
यस कम्पनीमा संस्थापक शेयर लगानी गर्ने सिन्धुपाल्चोक जिल्लाका स्थानीय तीन कम्पनीहरु नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट र सिन्धुपाल्चोक हाइड्रोपावरको तर्फबाट आलोपालो प्रणाली अन्तर्गत कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सिन्धु इन्भेष्टमेन्टका अध्यक्ष नरेश लाल श्रेष्ठको कार्यकाल पुरा भए सँगै कर्मचारी मनोनित भएका हुन् ।