बेइजिङ । कोरोना महामारीले उतिकै पनि चिनियाँ साना व्यवसायीहरु संकटमा परेका छन् । त्यसमा पनि राज्यले ल्याएका विभिन्न प्रतिबन्धात्मक नियमहरुले व्यवसाय नै धरापमा परेको छ । सन् २०१९ को डिसेम्बरमा देखिएको कोरोना महामारीदेखि हालसम्म कयौं साना व्यवसायीहरुले आफ्नो व्यापार-व्यवसाय नै बन्द गरेका छन् ।
गुआङडोङ प्रान्तमा १० वर्षभन्दा बढी समयसम्म कपडा उत्पादनको व्यवसाय सञ्चालन गरेका वाङ मेइले यस वर्ष आफ्नो सिलाई मेसिन प्याक गरिन् । निकै धेरै दुस्ख र कठिनाइहरुको सामना गरेर सुरु गरेको व्यवसाय बन्द गर्न बाध्य भएको उनले सुनाइन् । उनले आफूहरुलाई राज्यले केही सहजता प्रदान गर्नुको साटो थप समस्या सिर्जना गराएको उनको गुनासो थियो । अहिले उनी दोङगुआनमा औद्योगिक केन्द्र मसी बेच्न जागिर गरिरहेकी छन् ।
यसैबीच, शेन्जेनमा एउटा सानो रसद फर्मका मालिक झाङ लिआङले आफ्नो काम रोकेर हुबेई प्रान्तमा रहेको आफ्नो गृहनगरमा ट्रक ड्राइभरको रूपमा काम गर्न फर्कने योजना बनाएका छन् । वाङ र झाङ दुबैले भने कि उनीहरूले यो वर्ष चीनमा एकपछि अर्को ठाउँमा कोरोना भाइरस प्रकोप र लकडाउनहरु भएकोले संकट सिर्जना भएको र ऋण तिर्न समस्या भएपछि व्यवसाय नै बन्द गरेको उनीहरुले बताए । महामारीको कठिनाइबाट अलिकति राहत पाएर आफ्नो जीविकोपार्जनको डरले लघु तथा साना उद्यमीहरू अन्यत्र आय खोज्न बाध्य छन् । नयाँ तथ्यांकले चीनको अर्थतन्त्रको ‘मेरुदण्ड’ हालका महिनाहरूमा अझ बढी दबाबमा परेको देखाएको छ ।