काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि व्यवस्थापक प्रशिक्षार्थी माग गरेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता म्यानेटमेन्ट, अर्थशास्त्र, फाइनान्स, लगायतका विषयमा कम्तिमा ५० प्रतिशत अकं ल्याईइ स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।