×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको घ्यू तेल उत्पादक संघको दाबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको घ्यू तेल उत्पादक संघको दाबी

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तेल उत्पादकहरुले आफुहरुले घाटा खएर तेल बिक्री गरिरहेको बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको दाबी गरेको हो ।
खानेतेलको कच्चा पदार्थको मूल्य ५० प्रतिशत हाराहारीले बढे पनि तेलको मूल्य नबढाई उल्टै आपूर्ति सुचारु राख्न हरसम्भव प्रयास गरेको संघले बताएको छ ।  सन् २०१९ मा २०२२ मा ७ सय डलर रहेको कच्चा तेलको मूल्य १५ सय डलर पुगेको छ । गत फेब्रुअरी महिनादेखि यस्ता कच्चा आयातसमेत रोकिएको अवस्थामा आपूर्ति सहज गराउनु नै ठूलो चुनौती भएको संघको भनाई छ ।
रुस र युक्रेनको तनावका कारण अघिल्लो महिनाको तुलनामा अहिले तेलको मूल्य निकै महँगिएको पनि संघको दाबी छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण आयातमा हुने ढुवानी लागत र डलरको विनिमय दरमा भएको उच्च वृद्धिको मारमा उद्योगीहरु परेको संघको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी