Skip to content
LAXMI SUNRISE BANK

बैकिङ कसुरको मुद्दामा ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना तोकिएकी महिला पक्राउ

अर्थ सरोकार

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दामा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले ललितपुर महानगरपालिका-६ घर भई भक्तपुर नगरपालिका-११ मा बस्दै आएकी राधा माताङ्गीलाई सोमबार पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले गत पुस २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय गर्ने फैसला गरेको थियो । त्यसयता उनि फरार रहँदै आएकी थिइन् ।
माताङ्गीले सूर्यविनायकस्थित सानिमा बैंकको खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK