नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो ।
नगरपालिकाले वडा नं ३ को ढोडेनीमा समूह गठन गरेपछि बिहीबार उन्नत जातका बाख्रा वितरण गरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. प्रमोदकुमार पौडेलले बताउनुभयो । पौडेलकाअनुसार चार कृषक समूहलाई बाख्रा वितरण गरिएको हो । सो समूहमा प्रतिसमूह एउटाका दरले चार समूहलाई चार बोयर (५० प्रतिशत) जातको बोका तथा समूहमा आबद्ध ४८ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको पशु चिकित्सक पौडेलले बताउनुभयो ।
बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि बाख्रा वितरण गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । गैँडाकोटको वडा नं ३ र १८ मा बाख्रापालनको सम्भावना राम्रो भएको उल्लेख गर्दै नगरप्रमुख पौडेलले यी वडालाई बाख्राको पकेट क्षेत्रका रुपमा घोषणा गरिएको बताउनुभयो । मासुको पकेट क्षेत्रका रुपमा विकास गर्दै स्थानीयको आयआर्जन वृद्धिका लागि नगरपालिकाले बाख्रा तथा बोका वितरण गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाले वडा नं ३ मा यसअघि नै कृषक समूह गठन गरेर समूहका सदस्यलाई माउ बाख्रा तथा समूहमा रहने गरी बोका वितरण गरेको हो । उन्नत जातका बाख्रा वितरणपछि गैँडाकोटको वडा नं ३ मा बाख्राको प्रवद्र्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको नगरप्रमुख पौडेलले बताउनुभयो । बाख्रा प्रवद्र्धन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्नेगरी अगाडि बढ्न नगरप्रमुख पौडेलले आग्रह गर्नुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्