×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ लाखलाई सेयरबाट ७२ लाख बनाएका सौरभ कार्कीको टिप्स- ‘भ्यागुत्ताको जस्तो मुटु बोकेर ट्रेड गर्न सकिन्न’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१ लाखलाई सेयरबाट ७२ लाख बनाएका सौरभ कार्कीको टिप्स- ‘भ्यागुत्ताको जस्तो मुटु बोकेर ट्रेड गर्न सकिन्न’ (भिडियो)

Artha Sarokar

२७ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । फरक क्षमता भएका सौरभ कार्कीले सेयर बजामा १ लाख रुपैयाँलाई ७२ लाख रुपैयाँसम्म बनाएका छन् । देशमा कोरोना महामारी भित्रनुभन्दा झन्डै ३-४ महिना अघिदेखि बजार प्रवेश गरेका उनले १ लाख रुपैयाँलाई ७२ लाख रुपैयाँसम्म बनाएका हुन् । सुरुमा १ लाखलाई १ लाख ५० हजार, २ लाख बनाएका उनी त्यसपछि बजारमा हौसिएका थिए । पछि उनले बजारमा लगानी गर्नकै लागि ऋण पनि लिए । ऋण लिंदै बजारबाट कमाउँदै अनि सो ऋण तिर्दै गरेका उनले अन्तत: ७२ लाख रुपैयाँ बनाएका हुन् । अहिले बजार घटेका बेला सो रकम ५२ लाखसम्म झरेको त छ, तर आफ्नो १ लाख लगानी ५०-५२ लाख हुनु पनि गज्जबको मान्छन् उनी ।
सेयर बजारमा निकै सक्रिय उनी अहिलेको बजारलाई सर्ट टर्म बियरिस हो भन्छन् । ‘अहिलेको बजार सर्ट टर्म बियरिस हो, बजार हल्का फर्किएपछि मात्र नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्दा उत्तम हुन्छ ।’ अर्थ सरोकारसँग आफ्ना अनुभव सुनाउँदै उनले भने- ‘खासमा सबैले ट्रेड गर्ने होइन । ट्रेड गर्नलाई त भ्यागुत्ताको जस्तो मुटु भएर हुँदैन । ट्रेड गर्नेहरुको मुटुचाहिं बाघकै जस्तो हुनुपर्छ ।’ हेरौं उनै कार्कीसँग अर्थ सरोकारले गरेको कुराकानी :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी