×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्सुरेन्सको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३८.४६ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सूर्या लाइफ इन्सुरेन्सको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३८.४६ प्रतिशतले घट्यो

२९ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १५ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३८.४६ प्रतिशत कम हो । अघिल्लो वर्षको कम्पनीले २४ करोड ४८ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको जगेडा कोष २२.४७ प्रतिशतले घटेर ५९ करोड ४६ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै जीवन बिमा कोषको आकार भने ३३.३७ प्रतिशतले बढेर १३ अर्ब ३५ करोड ५८ लाख ८८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन १०.९० प्रतिशतले बढेर ३ अर्ब ५८ करोड ३६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ३१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी