Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको १२ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल्ला हुने, कहिलेदेखि पाइन्छ भर्न ?

अर्थ सरोकार

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका हुन् । संस्थापक सरद कुमार नेपालले आफ्नो नाममा रहेको १२ हजार कित्ता सेयर बिक्री गरेका हुन् । उक्त संस्थापक सेयरमा माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने भएका छन् । कम्पनीले भाउ भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK