श्रीनगर । जम्मू कश्मीरमा जिल्ला विकास परिषद्को पहिलो चरणको लागि मतदान सुरु भइरहेको छ । कोरोना महामारीबीच सुरु भएको निर्वाचनका लागि विशेष सावधानी अपनाइएको छ । काश्मीरमा ४३ निर्वाचन क्षेत्र र जम्मुका १८ निर्वाचन क्षेत्रमा मतदानत भएकफो हो । उक्त निर्वाचनमा २०७ पुरुष र ८९ महिला गरी २९६ उम्मेदवारहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
डिसेम्बर १९ सम्म हुने निर्वाचन चार-चार चरणमा हुने भएको छ । निर्वचान मतगणना डिसेम्बर २२ मा हुने भएको छ । मतदान केन्द्रहरुमा कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगिनका लागि सम्पूर्ण मापदण्डहरु पालना गरिएका छन् । मतदाताहरुलाई अनिवार्य मास्क लगाउनुपर्ने र सामाजिक दूरी अनिवार्य कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदान केन्द्रहरूमा आएका मतदाताहरूलाई तापक्रम जाँच पछि मात्र स्यानटाइजेसन गरेर मतदान केन्द्रमा प्रवेश गर्न दिइएको छ ।
मतदान केन्द्रका अधिकारीहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि पीपीई किट लगाएका थिए । राज्य निर्वाचन आयुक्त केके शर्माले भनेका थिए कि स्वास्थ्य विभागले जारी गरेका कोरोना भाइरससम्बन्धी सम्पूर्ण निर्देशनहरु लागु गरिएका छन् । “जम्मू कश्मीरमा २० जिल्ला छन् । प्रत्येक जिल्ला विकास परिषदको गठन भइरहेको छ । हरेक जिल्लामा १४ प्रतिनिधिहरु छनोट हुनेछन् ।
“राज्य निर्वाचन आयोगले कोभिड १९ को दृष्टिकोणमा निर्देशनहरु पालना गरिएका छन् । स्वास्थ्य विभागले यी निर्देशनहरु कार्यान्वयन गर्न जिल्ला निर्वाचन मेशिनरीमा संलग्न छ । मास्क उपलब्धता, स्यानटिजर र थर्मामिटर उपलब्ध गराइएको छ,” उनले थपे । शर्माले मतदान केन्द्रमा अनिवार्य तापक्रम मापन गरिने भएको छ । -पब्लिक न्युज एजेन्सी