×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो समयसम्म ग्यास बन्द भएपछि पाकिस्तानमा विरोध प्रदर्शन गर्ने चेतावनी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लामो समयसम्म ग्यास बन्द भएपछि पाकिस्तानमा विरोध प्रदर्शन गर्ने चेतावनी

Artha Sarokar

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

स्वाट । पाकिस्तानमा लामो समयदेखि ग्यास बन्द भएपछि गुम्बाद मैरा, मलुकाबाद, शाहदरा वाटकी र आसपासका क्षेत्रका स्थानीयहरुले सरकारविरुद्ध विरोध प्रदर्नशन गर्ने चेतावनी दिएका छन् । 
“जाडो सुरु भएदेखि एसएनजीपीएलले प्रायः गाउँमा ग्यास आपूर्तिलाई अवरुद्ध गरिदिएको छ, जसका कारण हामीले खाना पकाउनसमेत समस्या भइरहेको छ । सरकारले यसको व्यवस्थापनका लागि कुनै काम गर्न सकेको छैन,”गुम्बाद मैराकी सायरा अहमदले पत्रकारलाई बताइन् ।
गुम्बाद मैराका अन्य बासिन्दाले चिसो मौसमको समयमा विशेष गरी वृद्ध र बच्चाहरूको लागि कोठा तातो राख्‍न पनि ग्यास आपूर्ति आवश्यक रहेको बताएका छन् ।  गुम्बाद मैराका इकबाल अलीले भने, “रातको समयमा तापक्रम कम हुँदै गइरहेको छ र कोठा तताउनका लागि ग्यासको प्रयोग हुने गरेको थियो । तर, अहिले हामीलाई समस्या भइरहेको छ ।” त्यहाँका बासिन्दाहरूले भनेका छन् कि उनीहरू खाना पकाउन र पानी तताउन महँगो एलपीजी प्रयोग गर्न बाध्य छन् ।
रहिमाबादका बासिन्दाले भने कि बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म उक्त क्षेत्रको ग्यास आपूर्ति अवरुद्ध भएको बिहान सबेरै पनि, खाना र कोठा तताउन सबैभन्दा बढी आवश्यक पर्छ । सरकारले यसको तत्काल व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् । – एएनआई
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी