काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ९.७५ अंकले घटेर २०७६.६७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १७ करोड ५८ लाख ८३ हजार २ सय ७१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा ग्लोबल आइएई बैंक डेभेन्चर २०८६/८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्लोबल आइएई बैंक डेभेन्चरको सेयरमा यस्तो गिरावट आउँदा युनियन हाईड्रोपावर, ग्रिनलाइफ हाईड्रोपावर, मैलुंग खोला जलबिद्युत र समिट लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १७ करोड ५८ लाख ८३ हजार २ सय ७१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी, एशियन लाइफ इन्स्योरेन्स, अरुण काबेली हाईड्रोपावर र अप्पर तामाकोशीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन्। यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा ङादी ग्रुप पावर, सामलिङ्ग पावर, साल्ट ट्रेदिङ्ग कर्पोरेशन र बिशाल बजार कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन्। हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्