काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकबीच बुधबार मर्जर सम्झौता हुने भएको छ । मंगलबार रातीसम्म बसेको बैठकले अन्तत: यस्तो निर्णय गरेको हो ।
मंगलबार नै बसेको एउटा बैठकपछि दुई बैंक एक आपसमा मर्जरमा नजाने मुडमा थिए । तर हिमालयन बैंक अफ्ट्यारोमा परेपछि हिमालयनले सिभिलका सबै सर्त मान्न तयार हुँदा उनीहरु बीच अन्तत: मर्जर हुने भएको हो।
सिभिल बैंकको मंगलबार साँझ बसेको संचालक समिति बैठकले हिमालयन बैंकसँगै मर्जरमा जाने निर्णय गरेको छ । बुधबार विहान हिमालयन बैंकको कमलादीस्थित केन्द्रिय कार्यालयमा दुवै बैंकबीच मर्जरको सम्झौतापत्रमा हस्ताक्षर हुने निर्णय भएको छ । यसका लागि आवश्यक फ्लेक्स पनि प्रिन्ट भईसकेको छ।
पुरानै सहमतिबमोजिम हिमालयनले सिभिललाई प्रतिसेयर ८१ रुपैयाँ दिनेछ । हिमालयन बैंकको बोर्डमात्र नयाँ बैंकको बोर्डमा हुनेछ भने सिभिलका सुनिल पोखरेल अवको बैंकका डेपुटी सीइओ हुनेछन्।
मर्जरपछि बन्ने एकिकृत बैंकको नाम हिमालयन नै रहने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्