×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एनआईसी एशिया बैंक ‘चम्काउने’ दुई ‘अभिभावक’को कथा…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘एनआईसी एशिया बैंक ‘चम्काउने’ दुई ‘अभिभावक’को कथा…’

Artha Sarokar

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ ।‘एउटा साथीको साथले पनि फरक पर्दछ जिन्दगीमा…’ भनेझैँ हरेक सपलताका पछाडी कोहि खास मान्छेको साथ जरुर चाहिन्छ, त्यो चाहे मानिसको जीवन होस्, वा संस्थाको प्रगति । पूर्वको उज्यालोसँगै उदाएको तत्कालीन एनआईसी बैंकले पनि यस्तै दुरदृष्टि राख्ने नेतृत्व पायो । अझ भनौँ, प्रगति गर्नुको विकल्प छैन भनेर साथ दिने, हात दिने र बाटो देखाउने अभिभावक पायो । र त वि.सं.२०५४-५५ मा  सुरु भएको एनआईसी एशियाको यात्राले आज देशको निजी क्षेत्रको नम्बर १ बैंकको ताज लगाउन सफल बनेको छ ।

हुने विरुवाको चिल्लो पात हुन्छ भनेझैँ,  स्थापनाकालमा १९ जना कर्मचारीबाट सुरु भएको तत्कालीन एनआईसी बैंकले नै देशको ‘नम्बर १’ बन्ने सपना देखिसकेको थियो । र त बैंकले देखेको ‘नम्बर १’ बन्ने सपना पुरा गर्न बैंकको २५ वर्षे यात्रामा मेरुदण्डका रुपमा रहेका दुई अध्यक्षले कुनै कसर बाँकी राखेनन् । सधैं व्यवस्थापनलाई साथ दिए, नयाँ युवालाई साथ दिए । बजार बुझेको टिमले गर्ने हरेक कामलाई प्रोत्साहन दिए । नाफासँगै समाजमा दिनुपर्ने सहयोगमा कम गर्नुहुँदैन भनेर पनि साथ दिए । सबल बन्न साथ दिए, गतिशील बन्न सहयोग गरे, उत्तरदायी बन्न प्रोत्साहन गरे, र त बैंक सक्षम बन्यो । र आज सक्षमताको कडी समातेर हजार होइन, लाखौं नागरिकलाई सेवा दिईरहेको छ, एनआईसी एशिया बैंक ।

के-के भयो संस्थापक अध्यक्ष अग्रवालकोे २० वर्षे कार्यकालमा ?
बैंक स्थापना गर्दा अर्थात वि.सं. २०५४-५५ मा बैंकको संस्थापक अध्यक्ष जगदिश प्रसाद अग्रवाल थिए । अग्रवालले बैंकलाई २० वर्षम्म अध्यक्षको रुपमा नेतृत्व गरे । तत्कालीन एनआईसी बैंकका संस्थापक तथा पहिलो अध्यक्ष जगदिश अग्रवालको २० वर्षे कार्यकालको समिक्षा प्रगतिको खुला किताबजस्तै छ । बैंकको पहिलो अध्यक्ष अग्रवालकै नेतृत्वमा बिराटनगरको मेनरोडबाट एनआईसी एशिया बैंकको यात्रा सुरु भएको थियो । १९ जना कर्मचारीबाट सुरु गरिएको बैंकको पहिलो शाखामा उनै अग्रवालकै पालामा पहिलो वर्ष ४ जना कर्मचारी थप गरी कर्मचारी संख्या २४ पुगेको थियो । स्थापना कालमा कुल चुक्ता पूँजी ८ करोड १२ लाख ५० हजार रहेको एनआईसी एशिया बैंकले अग्रवालकै पालामा आर्थिक वर्ष २०५६-०५७ मा १७.५ करोडको प्राथामिक सेयर (आइपीओ) निष्कासन गरेको थियो । जुन आइपीओमा ८ गुणाभन्दा बढीले आवेदन दिएका थिए । उनै अग्रवालको कार्यकालमा तत्कालीन एनआईसी बैंकले बैकिको आइपीओमा सबैभन्दा बढी आवेदन रकम संकलन गरेर इतिहास बनाएको थियो । र यहीँबाट प्रष्ट देखिएको थियो, बैंकप्रतिको जनताको विश्वास ।

नविनतम प्रोडक्ट र प्रविधिको पहुँचमा फड्को मारिरहेको एनआईसी बैंकले अग्रवालकै कार्यकालमा नेपालमै पहिलो पटक सन् २००३ मा ‘एनआईसी लाइफ सेभिङ्ग अकाउन्ट’ नामक स्किम ल्याएको थियो । जुन प्रोडक्ट त्योबेला ऐतिहासिक मात्रै बनेन बरु धेरैको रोजाईमा समेत परेको थियो । नवौँ वर्षमा उनै अग्रवालकै नेतृत्वमा रहेको तत्कालीन एनआईसी बैंकले बाणिज्य बैंकहरुमध्ये पहिलो पटक ‘आई एस ओ ९००१ः२००८’ सर्टिफिकेशन प्राप्त गरेको थियो । सोही वर्ष बैंकले अर्को प्रगतिको अर्को फड्को मार्दै मुलुकमै पहिलो पटक आईएफसीबाट ‘लाइन अफ क्रेडिट’ प्राप्त गरेको थियो ।बैंकको संस्थापक अध्यक्ष अग्रवाल बैंकको अध्यक्षमात्रै रहेनन् । बरु बैंकले देखेको ‘नम्बर १’ बन्ने सपना पूरा गर्न उनी अहोरात्र खटिरहे । फलस्वरुप बैंकले १०औँ वर्षमा पुग्नै लाग्दा बेलायतको ‘द फाइनान्सियल्स टाइम्स’ले दिने ‘बैंक अफ दि इयर २००७’ प्राप्त गर्यो । एनआईसी एशिया बैंककै कारण नेपाली बैंकिङ्गको स्वरुप फेरीएको तर्क आजपनि धेरैले गर्छन् । बैंकले हरेक वर्ष ग्राहकका लागि केही फरक र विशेष ‘प्रोडक्ट’ वितरण गर्थ्यो । अग्रवालकै कार्यकालमा तत्कालिन एनआईसी बैंकले नेपालमै पहिलो पटक बैंकिङ्ग च्यानल मार्फत विदेशबाट सुनचाँदी आयात गरी बिक्री वितरण गर्ने अभ्यास गरेको थियो । बैंकका अध्यक्ष जगदिश अग्रवालकै कार्यकालमा बैंकले ‘एनआईसी सुपर डिपोजिट’ नामक स्किम ल्याएको थियो । जसलाई बैंकिङ्ग इतिहासमै पहिलो उच्च ब्याजदर दिने ‘फिक्स्ड डिपोपिजट स्किम’ पनि भन्ने गरिन्छ ।

बैंकले सन् २००८ देखि नै डोमेस्टिक रेमिट्यान्स सेवा सुरु गरेको थियो । त्योबेला धेरैका लागि नौलो लाग्ने यो सेवा अहिले बैंकिङ्ग सेवा लिने हरेक ग्राहकको दैनिकी बनेको छ । बैंकले अध्यक्ष अग्रवालकै पालामा पुनः ‘आइएसओ ९००१ः२००८’ सर्टिफिकेशन प्राप्त गर्यो । बैंकमा अध्यक्ष अग्रवाल नै रहँदा बैंकले भिसा डेभिड कार्ड, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पीएसटीएल बिल पेमेन्ट र युटिलिटी बिल पेमेन्ट पनि सुरु गरेको थियो । सोही समयमा तत्कालीन एनआईसी बैंकले नेपाली बैंकिङ्ग इतिहासमा मर्जरको सुरुवात गर्यो । अर्थात वि.सं. २०७० सालमा तत्कालीन एनआईसी बैंक र बैंक अफ एशिया नेपालबीच मर्जर भयो । मर्जरपछि बनेको एनआईसी एशिया बैंकले अग्रवालकै कार्यकालमा पुनः ‘बैंक अफ दि इयर २०१३’ को अवार्ड प्राप्त गर्यो । अग्रवालले आफ्नो कार्यकालमा बैंकलाई अब्बल स्थापित मात्रै गरेनन्, बरु बैंक दुई–दुई पटक ‘बैंक अफ दि इयर’को अवार्डबाट सम्मानित समेत हुन सफल भयो ।

सन् २०१४ मा बैंकले पञ्चबर्षीय एकिकृत रणनीतिक योजना ‘रणनीति २०२०’ तयार गरी कार्यान्वयनमा समेत ल्याएको थियो । अग्रवालकै नेतृत्वमा रहँदा बैंकले सामाजिक उत्तरदायित्वलाई बुझ्दै नेपालमा गएको महाभूकम्प पिडीतलाई ठुलो सहयोग समेत गरेको थियो । जसलाई नेपाली बैंकिङ्ग क्षेत्रमै ऐतिहासिक सहयोगका रुपमा धेरैले लिने गरेका छन् । अग्रवालको अन्तिम कार्यकाल अर्थात आर्थिक वर्ष २०७३-७४ मा एनआईसी एशिया बैंकले एकै वर्षमा ५३ वटा शाखा विस्तार गरेर बैंकिङ्ग इतिहास रचेको थियो ।

बैंकका तत्कालीन अध्यक्ष अग्रवालकै कार्यकालमा बैंकले स्थापनाको दोस्रो वर्ष ५ मिलियन घाटा बेहोर्नु परेको थियो । ‘प्रतिक्षा र मेहेनतको फल मिठो हुन्छ’ भन्ने तथ्य मनन् गरेका अग्रवालले व्यहोर्नुपरेको घाटाप्रति चिन्ता गरेनन् । बरु अझै सशक्त र बलियो बन्ने आधार खोज्न थाले । नभन्दै अग्रवालले आफ्नो कार्यकालको अन्त्यसम्ममा घाटामा गएको बैंकको नाफा १,४७६ मिलियन पुर्याए । उनकै कार्यकालमा बैंकको शाखामा उल्लेख्य वृद्धि भएको छ भने १९ जनाबाट सुरु भएको एनआईसी एशिया बैंकमा कर्मचारीको संख्या १,७५५ पुगेको थियो ।

तुलसीराम अग्रवालको अध्यक्षतामा थप सशक्त बन्यो बैंक
एनआईसी एशिया बैंकका दोस्रो अर्थात बर्तमान अध्यक्ष तुलसीराम अग्रवालको नेतृत्वमा बैंक झनै ‘एग्रेसिभ’ रुपमा अघि बढेको छ । उनको पहिलो कार्यकाल अर्थात आर्थिक वर्ष २०७४-७५ मा बैंकले एनआईसी एशिया क्यापिटल लिमिटेडको स्थापना गर्यो । जसको प्रगतिलाई अहिले नेपालमा भएका मर्चेन्ट बैंकहरुमध्ये अब्बल मानिन्छ । उनकै कार्यकालको पहिलो वर्षमा बैंकले एनआईसी एशिया रेमिट पनि सुरु गर्यो । लगातार बैंकले एकपछि अर्को फड्को मारिरहँदा हौसिएका उनी बैंकको ‘पर्फमेन्स’ सुधारमा झनै सक्रिय देखिए । उनकै दोस्रो कार्यकालमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पनि औपचारीक रुपमा सुरुवात भयो ।

बैंकका अध्यक्ष तुलसीराम अग्रवालकै कार्यकालमा ८६, ६९७ मिलियनबाट बढेर बैंकले ३,००,२५२ मिलियन निक्षेप संकलन गरेको छ । सोही अवधिमा बैंकले कर्मचारीको संख्यालाई पनि दुईगुणा वृद्धि गरेको देखिन्छ । यता अग्रवालकै कार्यकालमा बैंकको नाफा पनि ३,२५९ मिलियन पुगेको छ । अध्यक्ष तुलसीराम अग्रवालकै कार्यकालमा मुलुक कोरोना माहामारीको चपेटामा पर्यो । अर्थतन्त्र बिग्रिदै गयो, बैंकका अधिकांश कर्मचारी कोरोना संक्रमित पनि भए तरपनि बैंकले आफ्नो सेवालाई निरन्तर जारी राखिरह्यो । यहीबीच एनआईसी एशिया बैंक ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ (बिपिए) अवार्डबाट सम्मानित समेत भएको छ ।

बैंकका दुई अध्यक्षको अथक प्रयास, मेहेनत, दृढ संकल्प र नेतृत्वकै नजिता आज बैंक देशको अग्रणि बैंकको रुपमा स्थापित भएको छ । यसो त बैंकको ‘म्यानेजमेन्ट टिम’ तथा अन्य कर्मचारीहरुको पनि बैंकको सफलतामा ठुलो हात छ । ‘एक–एक थोपा समुन्द्र बन्छ’ भनेझैँ साँच्चै आज एनआईसी एशिया बैंक विश्वासका तीनै एक-एक कण बटुलेर देशको नम्बर १ बैंक बन्न सफल भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी