×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोल्टी होटलद्वारा सेयरधनीहरुलाई २६.३१५ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोल्टी होटलद्वारा सेयरधनीहरुलाई २६.३१५ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ?

Artha Sarokar

२ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोल्टी होटलले लाभांश दिने निर्णय गरेको छ । होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । असोज ३१ गते आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो । होटलले लाभांश प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सोल्टीले साधारण सभा प्रयोजनाका लागि पुस ७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यसर्थ, पुस ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी