काठमाडौं । केहि समय अघि माछापुच्छ्रे बैंकमा राखेको पैसा खाताबाटै गायब भएको तथ्य बाहिरिएपछि नेपाली बैंकिङ क्षेत्रप्रति जनताको विश्वासमा कालो दाग लागेको थियो । जनताले सुरक्षित हुन्छ भनेर बैंकमा राखेको पैसा सबै हराएपछि जनता अहिले पीडामा छन् र यो केसमा बैंकले अझै जिम्मेवारी लिएको छैन । यो घटनामा बैंक दोषी थियो । तर आज हामी नेपाली बैंकिङ क्षेत्रको अर्को चुनौतीपूर्ण तथ्य देखाउँदैछौं, जहाँ बैंकका नाममा सोझा नेपालीहरु ठगिएका छन् । बैंकका नक्कली प्रतिनिधि बनेर हुने यस्तो अवैध धन्दामा के के हुन्छ त ? बैंकको नाम बेचेर ठगहरुले सोझा नेपालीको पैसा लुटेको स्थितिका बीच कहाँ कहाँ के के भईरहेका छन् र जनता यस्ता नक्कली बैंकका नक्कली प्रतिनिधिबाट ठगि रहेका छन् ।
यीनी केशब रिजाल हाल बैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । आफुले कमाएको पैसा रेमिट्यान्समार्फत नेपाल पथाउन बैंक खाता लिंक गर्नुपर्ने भएपछी उनले आफ्नी श्रीमतीलाई कुमारी बैंक पठाए । तर बैंकमा काम नै भएन । उनी विदेशमा भएकाले उनले बैंकमा फोनसमेत गरे। तर पटक पटक फोन गर्दा पनि उनको समस्याको समाधान भएन । अव बैंक प्रतिनिधिसंग कुरा गर्छु भनेर उनले फेसबुक पेजमार्फत आफ्नो सबै जानकारी गराए । तर उनले आफ्नो खाता नम्बर र अन्य जानकारी सबै दिएर ठग्नेले ठगिसकेपछि मात्र थाहा पाए कि कुमारी बैंकको सो फेसबुक पेज, जहाँ उनले बैंकको प्रतिनिधिसंग कुरा गरेको भन्ने ठानेका थिए, सो पेज नै बैंकको नक्कली पेज रहेछ ।

नक्कली पेज चलाउनेले उनको खाता नम्बर माग्यो, त्यसपछि पिन माग्यो, बैंकले नै मागेको सम्झेर उनले सबै दिए । तर फेक एकाउन्ट चलाउनेले उनको सबै पैसा झ्वाम पारिदियो । अहिले पनि सो पेज संचालनमा छ। यो सबै जानकारी पाएर पनि बैंकले यस विषयमा कुनै चासो दिएको छैन भन्ने आरोप छ उनको । अझ फेक एकाउन्टबाट बोल्ने नक्कली बैंकर भन्छन्, तपाईंले जहाँ रिपोर्ट गर्नुपर्छ गर्नुस, हुने वाला केहि छैन, हामीलाई कसैले समात्न सक्दैन।
बैंक हामी अनुसन्धान गरिरहेका छौं मात्र भन्छ, सीआईबी पनि अनुसन्धान जारी छ भन्छ, फेक अकाउन्ट चलाउने मान्छे उल्टै ठुला कुरा गर्छ। तर कसैगरी पनि आफ्नो पैसा फिर्ता हुँदैन । अझ त्यो भन्दा ठुलो कुरा त उनी भन्छन् बैंकले समयमा नै मेरी श्रीमती बैंक पुग्दा सेवा दिएको भए म ठगीमा पर्ने थिईन । तर बैंककै लापरवाही र मेरो अन्जानीका कारण म ठगीमा परें ।

त्यसपछि उनले बैंकका सीइओसंग पनि कुराकानी गरे। सीइओले आफ्नो स्टाफको नम्बर दिए। फेरी ती स्टाफले अर्को स्टाफको नम्बर दिए । यसरी कुरा थुप्रैसंग भयो तर रिजालले न्याय पाएनन् । कतैबाट पनि न्याय नपाएपछि उनले अर्थ सरोकारमा सम्पर्क गरे र भने -‘कुरा पैसाको भन्दा पनि यसरी हुने ठगी रोक्न बैंकले किन कदम चालेन भन्ने हो । म त ठगिए नै सो फेसबुक पेज चलाउनेले अझै पनि अरुलाई पनि ठगी गरिरहेको छ, त्यसलाई कारवाही गर्नुको सट्टा बैंकले केहि पनि गरेन ।

यसरी नक्कली बैंकको नक्कली प्रतिनिधि बनेर जनता ठगीमा परेको घटना प्रस्तुत गरिएका प्रतिनिधि उदाहरण नौला होइन । ठगहरुले बैंकका नाममा नक्कली फेसबुक पेज बनाएर हुने यस्तो नक्कली धन्दामा थुप्रै सोझा नेपालीहरु परिसकेका छन् । नक्कली पेजबाट यस्तो धन्दा हुँदा, जनता फसिरहन्छन् र सक्कली बैंकले जिम्मेवारी पनि लिंदैन । प्रहरी उजुरीका चाङ्ग गनेर मात्र बसिरहेको छ । प्रहरी ठगहरुसम्म पुग्दा एकातर्फ सोझा नेपालीहरु फसिरहेका छन् भने अर्कोतर्फ ठगहरुको मनोबलसमेत बढेको छ ।
बैंकको नक्कली फेसबुक पेज बनाएर नेपाली ठगेको घटनामात्र होइन, अहिले तपाईंलाई चिठ्ठा पर्यो भनेर मोबाइल बैंकिङको कोड माग्ने र तपाईंको पैसा खाताबाट नै झ्वाम पार्ने घटनाहरु पनि बढेका छन् । अझ कतिपय ग्राहकले त आफुले मोबाइल बैंकिङको सेवा नै नलिंदा पनि आफ्नो पैसा खाताबाट नै उडेको बताईरहेका छन् । यस्तो घटनामा बैंकको एउटा खाताको रकम अर्को खातामा ट्रान्सफर गरिएको हुन्छ ।
तर जुन बैंकको खातामा पैसा गएको हुन्छ, त्यसबारे सम्बन्धित बैंक, प्रहरी वा अन्य अधिकारप्राप्त निकायले चासो नै नदिंदा यस्ता घटनाहरुले प्रसय पाएका छन् । र त आफुले दुख गरेर कमाएको पैसा क्षणभरमै कसैले चोरेर लगिदिंदा पनि बैंकका ग्राहकसँग म ठगिए है भनेर रुवावासी गर्नुबाहेक कुनै विकल्प छैन । र त्यस्तै एक ग्राहक आफ्नो पैसा बैंकबाट हराएको भन्दै अर्थ सरोकारको कार्यालयसम्म आइपुगेका छन् ।
यीनी मुकेश कुमार शाह । बैंकको खाताबाट आफ्नो पैसा रातारात गायब हुँदा पनि कतैबाट न्याय नपाएको भन्दै अर्थ सरोकारको कार्यालयमा आएका उनी भन्दै थिए, मेरो खाताबाट पैसा चोरी भयो । बैंकलाई कसले पैसा चोर्यो भन्ने पनि थाहा छ, राष्ट्र बैंकमा पनि उजुरी गरेको छु, तर कतैबाट पनि मैले न्याय पाइन । उनी भन्दै थिए, म मोबाइल बैंकिङ पनि चलाउदिन, इन्टरनेट बैंकिङ पनि चलाउँदिन, बस पैसा राखेको र झिकेको मेसेज आउनेगरी सेवा लिएको छु । त्यहाँ पनि कहिले मेसेज आउंथ्यो, कहिले आउंदैनथियो । तर मेरो खाताबाट मोबाइल बैंकिङ प्रयोग गरेर पैसा चोरियो ।

उनलाई कसले कहिले उनको खाताबाट पैसा चोरे भन्ने जानकारी पनि प्राप्त भएको छ । बैंकले फलानो दिनमा फलानो समयमा फलानो मान्छेले यति पैसा लागेको छ भन्ने जानकारी पनि दिएको छ । उनको पैसा चोर्नेले बैंकको विथड्र स्लिप प्रयोग गरेर पैसा झिकेको पनि छ । तर एउटाको पैसा यसरी अर्कोले झिकेर लैजाँदा पनि बैंक भन्छ- ‘पैसा झिक्नेले झिकिसक्यो, हामी केहि गर्न सक्दैनौं ।’
उनीसंग पैसा चोर्नेको तीनपुस्ते विवरण पनि छ, प्रहरीमा खबरसमेत गरेका छन्, बैंकमा गएर यस विषयमा सोधीखोजीसमेत गरेका छन्, राष्ट्र बैंकसमेत पुगेका छन् । तर अहँ उनले कतैबाट पनि न्याय पाएनन् र उनको पैसा फिर्ता नभएपछि उनी गुनासो लिएर हामीसम्म आइपुगे ।
उनी भन्छन्, मैले मोबाइल बैंकिङ लिएकै होइन, मात्र मेसेज आउनेगरी व्यवस्था मिलाईदिनू भनेको हो । तर बैंक भन्छ उनको मोबाइल बैंकिङबाट पैसा ट्रान्सफर भईसकेको छ, यसमा हामी केहि गर्न सक्दैनौं । बैंकलाईसमेत थाहा छ उनको पैसा ह्याक भएर चोरी भएको छ, बैंकलाई यो पनि थाहा छ, धेरै ग्राहकको यसरी नै पैसा चोरी हुन्छ । र त गईसकेको पैसा बारे बैंक झन्झट लिन खोज्दैन । तर ग्राहकको पैसा डुबेको छ ।

यसरी ग्राहकको पैसा बैंकको खाताबाट नै दिनदहाडै हराउँदा पनि बैंक ग्राहकलाई र ग्राहक बैंकलाई दोष लगाईरहेका छन् । गम्भीर भएर यस्ता घटनामा सम्बन्धित बैंक र प्रहरीले अनुसन्धान गर्ने हो भने ठग पत्ता लाग्न कुनै पनि समय नलाग्नुपर्ने हो । तर यस्ता सानासाना ग्राहकलाई परेका ठुला समस्या हेर्ने फुर्सद कुनै निकायलाई पनि छैन । र त न जनता ठगिने क्रम रोकिएको छ, न ठगहरुको मनोबल नै घटेको छ । अव यस्ता घटनाहरु कम हुन नदिन के गर्ने त ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्