×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले भन्यो – ‘शंकाष्पद ग्राहकको खाता नखोल्नु, खोलेको भए व्यवसायिक सम्बन्ध अन्त्य गर्नू’

PRIME CA

राष्ट्र बैंकले भन्यो – ‘शंकाष्पद ग्राहकको खाता नखोल्नु, खोलेको भए व्यवसायिक सम्बन्ध अन्त्य गर्नू’

अर्थ सरोकार

१६ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकाष्पद ग्राहकको खाता नखोल्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ को संशोधन सार्वजनिक गर्दै यस्तो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले निर्देशन जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई शंकाष्पद ग्राहकको खाता नखोल्न र खोलेको भए व्यवसायीक सम्बन्ध अन्त्य गर्न समेत निर्देशन दिएको हो । ‘प्रचलित कानून बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यवसायिक सम्बन्ध स्थापना नगर्ने वा खोलेको भए व्यवसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ । यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद कारोबार÷गतिविधी प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नेछ ।’ – निर्देशनमा भनिएको छ ।

त्यस्तै, एकीकृत निर्देशनमा राष्ट्र बैंक वा अन्य निकायहरुले खाता रोक्का/फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्दतिको आधारको रुपमा लिनु पर्ने बुँदा थप गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: