Skip to content
LAXMI SUNRISE BANK

चीनसँगको तनावकाबीच अमेरिकाले ताइवानलाई १.८ बिलियन डलरको हतियार बिक्री गर्ने

अर्थ सरोकार

वाशिङ्‌टन । चीनसँगको तनावका बीच फेरि चीनलाई ठूलो झड्का लाग्‍ने गरी अमेरिकाले नयाँ कदम चालेको छ । अमेरिकाले ताइवानलाई मिसाइल र तोपसहितका हतिायर बिक्री गर्ने भएको हो । अमेरिकाले १.८ बिलियन अमेरिकी डलर बराबरको हतियार उपलब्ध गराउने भएको हो । 
अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कंग्रेसलाई यस विषयमा औपचारिक सूचना दिइसकेको छ । जसमा लकहीड मार्टिन कर्पले निर्माण गरेको हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमको ११ ट्रक-बेस रकेट लन्चर पनि उपलब्ध गराउने भएको छ । उक्त रकेट-लन्चर करिब ४३६.१ मिलियन अमेरिकी डलर लागत रहेको अलजजिराले जनाएको छ । 
त्यसैगरी १३५ एजीएम-८४एच ल्यान्ड अट्याक मिसाइल र अन्य उपकरणहरु करिब १.००८ बिलियन र ६ वटा एमएस-११० रेस सेन्सर पोड पनि उपलब्ध गराउने भएको छ । 
चीन र ताइवानबीचको सम्बन्धमा तनाव उत्पन्‍न भइरहेको समयमा ताइवानले अमेरिकाबाट उक्त हतियार ल्याउन लागेको हो । भारत र प्रशान्त महासागर र कोरोना भाइरस महामारी लगायत विभिन्‍न रणहरूले गर्दा चीन र अमेरिकाबीचको सम्बन्ध पनि पछिल्लो समयमा बिग्रिएको छ ।
चीनले ताइवानलाई बारम्बार आक्रमणको चेतावनी दिएको छ र स्वशासित टापुमा हस्तक्षेप नगर्न अन्य शक्ति राष्ट्रहरुलाई समेत धम्की दिएको छ ।  दशकौंदेखि चिनियाँ सरकारले ताइवानमा अधिकार दाबी गरेको छ । यद्यपि ताइवानले युएनबाट मान्यता पाएको छैन तर ताइवान सरकारले अमेरिकासँग सम्बन्ध कायम राख्छ र चिनियाँ अख्तियारलाई स्वीकार गर्दैन । -पब्लिक न्युज एजेन्सी
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK