काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बकुल रौतहटले बिमा दावी रकम भुक्तानी गरेको छ । संस्थाले रौतहटको परोहा नगरपालिका –८, नरकटीया टोलमा रहेको केन्द्र नं. १५ की सदस्य चनचल देवीको श्रीमान् लखीचन राउत कुर्मीको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।
चनचल देवीले संस्थाबाट एक लाख ५० हजार रुपैयाँ कर्जा लिएकोमा श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजकिरिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता रकम ८४ हजार रुपैयाँ समेत फिर्ता गरी जम्मा एक लाख ९० हजार रुपैयाँ चनचल देवीलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहाले जानकारी दिए ।
यस संस्थाले आफ्ना ग्राहक सदस्यहरूको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरूलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्य अनुरूप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।
दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरूले संस्थालाई धन्यवाद दिएका छन । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहा तथा कर्मचारी हरेराम साह र सो केन्द्रका केन्द्र सञ्चालक सरोज चौधरीको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्