काठमाडौं । सोमबार सामाजिक सञ्जालमा भाइरल भएको ‘यात्री’ बाइकको फोटो कम्पनीको दाबीआशय विपरित नयाँ नै भएको खुलासा भएको छ । बाइक भाँचिएको फोटो भाइरल भएपछि कम्पनीले सो फोटो पूरानो हो भन्ने शैलीको अभिव्यक्ति दिएको थियो । तर सो फोटो नयाँ नै भएको खुलासा भएको छ ।
आफुले उत्पादन गरेको बाइक भाँचिएको फोटो सार्वजनिक भएपछी कम्पनीले ‘परिस्थितिको सन्दर्भ बिना नै हाम्रो बाईकको केही तस्विरहरु इन्टरनेटमा प्रसार भइरहेका छन् । यो परीक्षणको लागि प्रयोग भएको मोटरसाइकल हो, ग्राहकले किनेको वा ग्राहकलाई बिक्रि गरिएको मोटरसाइकल होइन ।’ भन्दै स्पष्टीकरण दिएको थियो । सो बाइकको फोटो पूरानो हो भन्ने सिधै नभने पनि कम्पनीको आशय यस्तै थियो । यहि विवरणका समाचारहरु विभिन्न संचारमाध्यममा समेत सार्वजनिक भएका थिए । तर सो फोटो नयाँ नै भएको र यात्री बाइक बीचैमा भाँचिएको तथ्य सहि भएको खुलासा भएको हो ।

यसो त फोटो खिच्ने जयराम तिवारीले पनि उक्त फोटो सोमबार नै खिचेको दाबी गरेका थिए । उनले दुईजना बालाजु बाइसधारातिर हिँडिरहेका बेला बालाजु चोक कटिसकेपछि नयाँ बजारतिरबाट बालाजु चोक जानेतर्फ बाइक लम्पसार परेको र यात्री बाइक भन्ने थाहा पाएपछि फोटो खिचेको बताएका थिए । सोहि फोटो सामाजिक संजालमा भाईरल भएपछि कम्पनीले सो फोटो पूरानो हो भन्ने शैली र आशय व्यक्त गरेको थियो । तर तिवारीले खिचेको उक्त फोटोको मेटाडेटा जाँच गर्दा सो फोटो सोमबार दिउँसो ३ बजेर ८ मिनेट ४३ सेकेण्डमा काठमाडौंको बालाजु क्षेत्रमा नै खिचिएको पाइएको छ । तिवारीले आइफोन १४ प्रोबाट २२ मे २०२३ अर्थात सोमबार नै उक्त फोटो खिचेको पाइएको हो ।
गत बैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशनमा नेपालमा नै उत्पादन भएका सवारी साधनको दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरी कानुन नै बनाएर यात्रीलाई नम्बर प्लेट दिएको थियो । बाइक बाँचिएको तथ्यसँगै कम्पनीले उत्पादन गरेको मोटरसाइकलको गुणस्तरमाथि प्रश्न उठेको छ । धेरैले बाइक बाँचिएको देखेपछि सो बाइक किन्ने योजना परिवर्तन गरेको बताईरहेका छन् । धेरैले त ‘कामै नलाग्ने रहेछ यात्री बाइक !’ भन्दै आक्रोश पोखिरहेका छन् ।
अपडेट
यता यो समाचार प्रकाशन भएपछि अर्थ सरोकारको सम्पर्कमा आएका यात्री मोटरसाइकल उत्पादन कम्पनीका संस्थापक असिम पाण्डेले फोटो नयाँ नै भएको र सो बाइक टेष्ट बाइक भएको दाबी गरेका छन् । २०२३ मोडलको बाइक टेष्ट गर्दा भाँचिएर दुर्घटना भएको बताउँदै उनले सो बाइक बेचेर प्रयोगमा आएको बाइक नभई टेष्ट फेजमा रहेको बाइक भएको दाबी गरेका छन् । ‘यो कस्टमरले प्रयोग गरेको बाइक होइन । हामीले टेष्ट गरेको बाइक हो । फोटो नयाँ नै हो र घटना पनि सोमबारकै हो । टेष्टका क्रममा भएको यो दुर्घटनापछी हामीले यसलाई थप राम्रो बनाउन के गर्ने काम अघि बढाएका छौँ । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘हामीले बेचेको बाइकमा कुनै पनि समस्या छैन । बेचिएको बाइकका चेसिसमा कुनै पनि समस्या आए त्यसमा लाइफ टाइम वारेन्टी हुने हुनाले त्यसको जिम्मेवारी कम्पनीले लिन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्