
इस्लामावाद । एक राजनीतिज्ञ मिसफर हसनले काश्मीरीहरुलाई पाकिस्तानी आदिबासीको आक्रमणबाट भारतीय सेनाले बचाएको तथ्य स्मरण गराएका छन् । २७ अक्टोबर सन् १९४७ मा भारतीय सेनाले निशस्त्र काश्मीरीहरूलाई बचाएको थियो र त्यो ऐतिहासिक तथ्यलाई अवमूल्यन गर्न नहुनेसमेत उनले बताएका छन् । हसनले भारतीय सेनाले निहत्थे कश्मीरीहरुलाई सात दशकभन्दा पहिले पाकिस्तानी आदिवासीहरुको क्रूर आक्रमणबाट बचाएको बताएका हुन् ।
“अक्टोबर २७/४७ त्यो दिन थियो जब भारतीय सेनाले निशस्त्र कश्मीरीहरुलाई पाकिस्तानी आदिवासीहरूको डरपोक क्रुर आक्रमणबाट बचायो । ऐतिहासिक तथ्यहरूलाई पाकिस्तानको गरेको व्यवहारका आधारमा काश्मीरीहरुले हेर्न हुँदैन,” हसले ट्विट गरेका छन् । उनले पाकिस्तानी प्रधानमन्त्री कार्यालय, डीजीआईएसपीआर, मीरवाइज काश्मीर फारुक पीएमलगायतलाई मेन्सन गर्दै उक्त ट्विट गरेका हुन् ।
उनले पाकिस्तान आक्रमणकारीहरूले काश्मीरमा आक्रमण गरेको र त्यसमा सामूहिक लूटपाट, तोडफोड र काश्मीरी महिलाहरुलाई बलात्कार गरेकोसमेत बताएका छन् । त्यो निकै डरलाग्दो अवस्थाबाट भारतीय सेनाले बचाएको भन्दै भारतीय सेनाको प्रशंसा गरेका छन् ।
आक्रमणकारीले बारामुल्ला सहरलाई घेरा हालेर हजारौं पुरुष, महिला र बच्चाहरू मारेका थिए । भारतीय सेनाले पछि ती आक्रमणकारीहरूलाई त्यो क्षेत्रबाट लखेटेको थियो ।
यूरोपियन फाउन्डेशन फर साउथ एशियन स्टडीज (ईएफएसएएस) को हालसालै प्रकाशित एउटा टिप्पणीअनुसार अक्टुबर २२ लाई जम्मू कश्मीरको इतिहासमा “अध्याँरो दिन” भनेर चिनिन्छ जब त्यस क्षेत्रलाई कब्जा गर्नका लागि अपरेशन गुलमर्ग सुरू गरिएको थियो। एक युरोपेली थिंक ट्यांकका अनुसार आदिवासीहरूले ३५ हजारदेखि ४० हजार बासिन्दाहरुलाई मारेको एक भयानक इतिहास भएको हो । -पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्