×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्तको आइपीओमा हालसम्मकै उच्च आवेदन पर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जीवन विकास लघुवित्तको आइपीओमा हालसम्मकै उच्च आवेदन पर्यो

Artha Sarokar

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५.८६ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार बिहान १० बजेसम्म  २ करोड ९३ लाख २१ हजार कित्ताका लागि १९ लाख ४६ हजार ७३५ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो आवेदन हालसम्मकै उच्च हो ।
कम्पनीले असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् । कुल निष्कासित इकाईमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । 
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी