Skip to content
LAXMI SUNRISE BANK

बीमा प्राधिकरणमा युनाइटेड अजोड इन्स्योरेन्सविरुद्ध सबैभन्दा बढी उजुरी, जीवन बीमातर्फ हिमालयन लाइफका उजुरी बढी

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी उजुरी युनाइटेड अजोड इन्स्योरेन्सविरुद्ध परेको छ । गत आर्थिक वर्षमा युनाइटेड अजोड इन्स्योरेन्सविरुद्ध प्राधिकरणमा सबैभन्दा बढी १२ वटा उजुरी परेका छन् । 

त्यस्तै, युनाइटेड अजोड पछि निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्सविरुद्ध ११-११ वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा नियामक बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरुविरुद्ध कुल १०४ वटा उजुरी दर्ता भएका छन् । 

यस्तै जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी उजुरी हिमालयन लाइफ इन्स्योरेन्सविरुद्ध परेको छ । हिमालयन लाइफ इन्स्योरेन्सविरुद्ध बीमा प्राधिकरणमा गत आर्थिक वर्षमा कुल १० वटा उजुरी दर्ता भएका छन् । 

हिमालयन लाइफ इन्स्योरेन्सपछि जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी उजुरी नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्सरिलायवल लाइफ इन्स्योरेन्सविरुद्ध ७-७ वटा उजुरी परेका छन् । 

समग्रमा गत आर्थिक वर्षमा नियामक बीमा प्राधिकरणमा १२ जीवन बीमा कम्पनीविरुद्ध ५१ वटा उजुरी दर्ता भएका छन् ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK