काठमाडौँ । प्रमुख कार्यकारी अधिकृतलाई विभिन्न आरोपहरु लगाएर सामुहिक बिद्रोह गरेका आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुले व्यवस्थापनले एकातर्फ आफुहरुलाई वार्ताका लागि निम्तो दिएर अर्कोतर्फ ‘गोप्य’ भन्दै धम्कीपूर्ण पत्र पठाउने कम नरोकिएको बताएका छन् ।
कर्मचारीलाई पेलेरै जाने रणनीति अनुसार कर्मचारीलाई सामुहिक राजिनामा स्वीकृत हुने आशयका व्यक्तिगत पत्र र धम्कीपूर्ण फोन गर्ने काम जारी भए पनि नियामक नेपाल राष्ट्र बैंकले विशेष चासो देखाएपछि कम्पनीले कर्मचारीहरुलाई वार्तामा बोलाएको थियो । तर स्पष्टिकरण सोध्दा कम्पनीको लेटरहेडमा सोध्ने, तर वार्तामा बोलाउँदा सामान्य इमेल मात्र गरेको भन्दै कर्मचारीहरु वार्तामा जान तयार भएका छैनन् ।
कर्मचारीहरु वार्तामा नगएपछि राजिनामा दिएका कर्मचारीहरुलाई पुन: सीइओले पत्र काटेर शाखा खोल्न ताकेता गरेका छन् । ‘गोप्य’ उल्लेख गरेर पठाइएको पत्रमा शाखा नखोले कर्मचारी विनियमावली अनुसार हुने भन्दै धम्की दिईएको छ । ‘हामी राजिनामा दिएका कर्मचारीहरुको कि राजिनामा स्वीकृत गर्न सक्नुपर्यो, कि समस्या समाधान गर्नुपर्यो । तर यहाँ त धमाधम पत्र आतंक गरेर धम्की दिने काम भएको छ ।’ लघुवित्तका एक कर्मचारीले अर्थ सरोकारसँग भने- ‘अहिले पूरै लघुवित्तका ७० शाखा ठप्प छन् । केन्द्रीय कार्यालयले धम्की दिन छोडेको छैन । ‘गोप्य’ भन्दै हरेक दिनजसो अनेक खालका पत्र पठाउने काम भएको छ ।’
यता सीइओ बद्री प्रसाद दुलालले भने कर्मचारीको आन्दोलन परिचालित हुन सक्ने भन्दै गम्भीर आरोप लगाएका छन् । ‘पूरानो सीइओले छोडेको भोलिपल्टैबाट संस्थामा आन्दोलन सुरु भएको कुरालाई सामान्य रुपमा लिन सकिन्न । राष्ट्र बैंकका साथीहरुले पनि कतै यो आन्दोलन परिचालित त होइन ? भनेर सोध्नुभएको छ । हामीलाई पनि त्यस्तै भान भएको छ ।’ उनले भने । उनले कर्मचारीलाई कामका विषयमा सोध्न पाइने बताउँदै सोहि अनुसार पत्र पठाईरहिहेकोसमेत दाबी गरेका छन् । ‘कर्मचारीलाई के भएको हो वा यसो गर भनेर पत्र पठाउने नियम सामान्य हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै केहि समयअगाडी उनले भनेका थिए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्