
काठमाडाैँ । नेपाल वायुसेवा निगम कर्मचारी संघले हालै विदेशी लगानीको हिमालयन एयरलाइन्सलाइ यही भदौ ४ गते मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवाको नाममा एकलौटी रूपमा विदेशी लगानीमा संचालित हिमालय एयरलाइन्सलाई दिएको प्रति आपत्ति जनाएको छ।
साथै संघले मन्त्रीको यो गलत निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको ठहर गर्दै परिस्थितिको आकलन गरी सो निर्णण तत्काल सच्याउन माग गर्दै निर्णय विरूद्द पहिलो चरणको विरोध तथा आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ। स्राेतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने थाई र इन्डियन एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्यान्डेलिङको सुविधा हिमालयलाई दिन लागिएको जनाएको छ ।
पहिलाे चरणकाे कार्यक्रमहरू
१२ गते साेमबारका दिन ठीक दिनकाे ३ बजे ने.वा.नि केन्द्रीय कार्यालय कान्तिपदमा पत्रकार सम्मेलन तथा आन्दोलनका कार्यक्रमहरूकाे घाेषणा
१३ गते मंगलबारका दिन नेपाल वायुसेवा निगमका सम्पूर्ण कर्मचारीहरूकाे कालाे पट्टी बाधेर कार्यालयकाे काम गर्ने
१४ गते बुधबार संचालन समिमि, कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धककाे कार्यकक्ष घेराउ तथा तालाबन्दी
१५ गते बिहीबार विभागीय प्रमुखकाे कार्यकक्ष घेराउ
१६ गते शुक्रबार दिनकाे १२ बजे आन्दोलनकाे समिक्षा संघकाे केन्द्रीय कार्यलयमा गर्ने।
१८ गते देखि दाेस्राे चरणका ठप्प पार्ने कार्यक्रमकाे घाेषणा गर्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्