×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमजोर मुलुकहरुको सार्वभौमिकतामा प्रहार गर्न ऋण जाल कूटनीतिलाई अघि बढाउँदै चीन

PRIME CA

कमजोर मुलुकहरुको सार्वभौमिकतामा प्रहार गर्न ऋण जाल कूटनीतिलाई अघि बढाउँदै चीन

१८ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

बेइजिंग । चीनले आर्थिक रूपबाट कमजोर देशहरूमा आफ्नो लगानी बढाउँदै लगेको छ । चीनले कमजोर मुलुकहरुको सार्वभौमिकतामा प्रहार गर्नका लागि चीनले आफ्नो ऋण जाल कूटनीतिलाई अघि बढाउँदै लगेको छ ।
चीनको ऋण जाल कूटनीतिको सिकार हुने सबैभन्दा पछिल्लो मुलुक लाओस हो । जसले हालसालै २५ वर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जसमा बहुसंख्यक चिनियाँ स्वामित्वको कम्पनीले आफ्नो राष्ट्रिय उर्जा ग्रिडमा छिमेकी मुलुकमा हुने विद्युत् निर्यातसमेत नियन्त्रण गर्न सक्ने उल्लेख गरिएको छ ।
यसले देखाउँछ कि बेइजिंगले आफ्नो आर्थिक, राजनीतिक र सैन्य उपस्थितिलाई विदेशमा विस्तार गर्ने रणनीतिको एक हिस्साको रूपमा विदेशी मुलुकहरुमा प्रदान गरिने ऋणलाई हतियार बनाइरहेको छ । जसरी देशहरू कोरोना महामारीको विनाशकारी प्रभावबाट मुक्त नभएको अवस्थामा चीनले ऋणको पासो थापिरहेको छ । चिनियाँ सम्झौताको एक्लो प्रकृतिले ऋण लिने देशहरूको विकल्पहरूलाई घटाउनुका साथै चीनको सरकारी स्वामित्वमा रहेको बैंकहरुलाई ऋण दिने र शक्ति आर्जन गर्ने कार्यमा अघि बढाएको छ । बैंकहरुले ऋण लगानी भइसकेपछि भुक्तानका लागि पनि दबाब दिने गरेका छन् ।
चीनले ऋण लगानी गरेको मुलुकमा रहेका परियोजनाहरु सम्पन्न भइसकेपछि पनि ऋण चुक्ता नहुञ्जेलसम्म कब्जा गर्ने र ती मुलुकको सार्वभौमिकतामाथि नै प्रहार गर्ने काम भइरहेको पाइएको छ । चिनले आफ्नो व्यापार र भूराजनीतिक हितलाई आक्रामक रूपमा अगाडि बढाउन राज्य प्रायोजित ऋणको फाइदा उठाउँदै जाँदा धेरै चिनियाँ ऋण सार्वजनिक रूपमा खुलाइएको छैन र यसले थप समस्या खडा गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: