काठमाडौँ । पोखरामा विद्यालयका ११ ल्यापटप चोरी गर्ने ४ जना बालक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३३ बरपाण्डेथुमस्थित शान्ति उदय माविको ११ वटा ल्यापटप चोर्ने पोखरा–३३ बस्ने ४ जना बालक पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुले विद्यालयको ढोका फोडेर ११ थान ल्यापटप, ७ थान चार्जर, ५ थान माउससहित अन्य सामाग्रीहरु चोरी गरेका थिए ।
चोरीका क्रममा उनीहरुले विद्यालयका अन्य कम्प्युटर, ल्यापटप, सीसीक्यामेरा तथा प्रोजेक्टर लगायतका सामानमासमेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले बिग्रिएका ३ थान र चालु अवस्थाका ७ थान ल्यापटप बरामद गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्