काठमाडौँ । फर्जी मत खसेको हल्लापछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)का सदस्यले मतदाताहरुको ‘उपस्थिति पुस्तिका’ माग गरेका छन् । सिए सविन कार्की र सिए मिनार ढकालले संघमा लिखित निवेदन दिएर सो उपस्थिति पुस्तिका माग गरेका हुन् ।
एक्यानको चुनावमा चुनावका दिन विदेशमा रहेका सिएको नाममा किर्ते हस्ताक्षर गरेर मतदान गरेको हल्लापछि सिएहरुले सो पुस्तिकाको माग गरेका हुन् ।
यता निर्वाचन अधिकृत गोपाल श्रेष्ठले भने चुनावमा केहि विवाद हुनु सामान्य रहेको प्रतिक्रिया दिएका छन् । ‘चुनावमा विवाद हुनु सामान्य हो ।’ श्रेष्ठले अर्थ सरोकारसँग भने, ‘यस्ता विवाद चुनावमा भईरहन्छ ।’ उनले चुनाव निष्पक्ष भएको दाबीसमेत गरेका छन् ।
गत शनिबार भएको निर्वाचनमा १९३६ मत खसेको थियो । यो संख्या कुल मतदाता संख्याको ८५ प्रतिशत हो ।
सदस्यहरुले भने उपस्थिति पुस्तिका उपलब्ध नभए अदालत जाने तयारी गरेको बताएका छन् । ‘केहि साथीहरुले उपस्थिति पुस्तिका हेर्ने भन्नुभएको छ । विदेशमा रहेकाको नाममा नेपालमा फर्जी मत हालिएको शंका छ । उपस्थिति पुस्तिका उपलब्ध गराईएन भने निर्वाचन अधिकृतलाईसमेत विपक्षी बनाएर अदालतमा मुद्धा हाल्ने तयारी गरेका छौँ ।’ ती सदस्यले अर्थ सरोकारसँग भने, ‘किर्तेजस्तो जघन्य अपराध भएको शंका छ । यसमा आवश्यक छानविन हुन आवश्यक छ । त्यसो भएन भने हामी जस्तोसुकै परिस्थितिका लागि पनि तयार हुनुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्