Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

अर्थ सरोकार

काठमाडौँ । भक्तपुरबाट स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भातेढिकुरबाट स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित ४ जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् ।

उनीहरुलाई साँगाबाट जगातीतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । बा २ ज ५१६ नम्बरको ट्याक्सीलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK