×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुरिलोको मूल्य घट्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुरिलोको मूल्य घट्यो, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ (मूल्यसूचीसहित)

३० जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य घटेको छ। कुरिलोको मूल्य ५० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २५० रुपैयाँमा किनबेच भईरहेको छ।

नेपाली ठुलो गोलभेडा ४० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २७ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५० रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला हाइब्रिड २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ११०, मकै बोडी ९०, लोकल घ्यु सिमी लोकल ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा १४०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ४०, लौका ५०, लोकल परवर ७० रुपैयाँ, परवर (तराई) ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ३०, सखरखण्ड ६०, स्कुस ७० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, तोरीको साग २० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १२०, कन्य च्याउ १६०, डल्ले च्याउ २७०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ५०, सजीवन १४०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, पुदिना १४०, गान्टे मुला ६०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २८०, अदुवा २८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ३०, अकबरे खुर्सानी ३००, भेडे खुर्सानी ५०, हरियो लसुन ५०, हरियो धनिया २५०, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १२० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ८०, तरबुजा (हरियो) ४०, जुनार २५०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो २५, रुख कटहर ४०, चाइनिज नासपाती २२०, भारतीय मेवा ९०, लिच्ची (लोकल) १००, लिच्ची भारतीय २५०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी