काठमाडौँ । पछिल्लो १० महिनामा नेपालबाट ३ अर्ब बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म नेपालबाट ३ अर्ब ३३ करोड ५५ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा मात्रै नेपालबाट ५० करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले निर्यातमा ८ प्रतिशतसम्म निर्यात अनुदान दिने घोषणा गरेपछि नेपालबाट सिमेन्ट निर्यातमा वृद्धि देखिएको व्यवसायहरु बताउँछन् । गत आर्थिक वर्षभरिमा मात्रै नेपालबाट ७७ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । जुन चालु आर्थिक वर्षको १० महिनामा भएको निर्यात भन्दा ४.३२ गुणा कम हो ।
हाल नेपालबाट पाल्पा, अर्घाखाँची, सर्वोत्तम, बालाजी, बाहुबली, सीजी र श्रृष्टी ब्राण्डका सिमेन्टहरु निर्यात भइरहेको भन्सार विभागले जनाएको छ । नेपालबाट सबैभन्दा धेरै सिमेन्ट भारतीय बजारमा निर्यात भएको छ । हाल नेपाली सिमेन्टहरुले भारतीय बजारमा नेपाली सिमेन्टको विज्ञापन नै गर्न थालेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्