काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले यसवर्ष नेपालमा १६ लाख पर्यटक आउने दाबी गरेका छन् । ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’ को उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो दाबी गरेका हुन् ।
उनले ‘टुरिज्म एक्स्पो’ले नेपालको पर्यटन प्रवर्द्धनमा कोशे ढुङ्गाको काम गर्नेसमेत विश्वास व्यक्त गरेका छन् । ‘१६ देशको सहभागितामा सञ्चालन हुन गइरहेको यस मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण कोशे ढुङ्गाको भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु ।’, उनले भने, ‘नेपालले यसवर्ष कम्तीमा पनि १६ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । पर्यटन क्षेत्रले अहिले भोगि रहेको समस्याहरु जुन छन् त्यसलाई हल गर्नका लागि हामीले केही सुधार गर्न आवश्यक छ ।’
नेपालको पर्यटन अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडौँ महानगरपालिकाको सहयोग र विभिन्न संघ सस्थाहरुको सहकार्यमा एक्स्पो सञ्चालन हुन लागेको हो । यो एक्स्पो आज र भोलि सञ्चालन हुनेछ ।
एक्सपोमा १६ देशका १५० बिक्रेता, २५० क्रेता तथा एक हजारभन्दा बढि आगन्तुकको सहभागिता रहनेछ । त्यस्तै, एक्स्पोमा बिहार टुरिजम मलेशियाको समेत सहभागिता रहनेछ ।
एक्स्पोमा नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिकासहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एण्ड रिसोर्ट्स काठमाडौँ र रेजिनटा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फूड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, ट्राभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्