काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने दाबी गरेका छन् ।
प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेसको सत्ता सहकार्यको समझदारीमा प्रतिगमन र निरंकुशताको झल्को देखिने गरेको चिन्ता व्यक्त गरे । उनले भने, ‘मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाउँदैनन् । लोकतन्त्र भएका देशहरु अमेरिका, बेलायत, भारत लगायतको देशमा यस्तो अभ्यास गरिएको छैन । जसलाई तपाइँहरुले आर्दश ठान्नुहुन्छ । एउटा विषेश परिस्थितिमा हामीले संविधान भूकम्पको बेला मैले प्रतिपक्षी भएपनि म सत्तापक्षको साथ छु भनेको थिएँ । तर आज तपाइँ बाढी पहिरो आउन लाग्यो भनेर मिल्न लाग्नुभएको हो ? संसदको पहिलो र दोस्रो दल मिल्दा जहिले पनि लोकतन्त्रलाई कमजोर बनाएको छ र निरंकुशताको सिर्जना भएको छ ।’
मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्