×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला

Artha Sarokar

४ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । काठेखोला गाउँपालिका-४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै व्यवसाय गर्दै आएका हुन् ।

महिला समूह स्थापना गरी सोही सहकारीमार्फत महिलाले वार्षिक करिब रु चार करोड गाउँ भित्राउँदै आएका छन् । पछिल्लो समय युवा शिक्षा तथा रोजगारीका लागि विदेश जान थालेपछि गाउँ रित्तिन थालेको थियो । यहाँका महिला एकताबद्ध भएर बाख्रापालन व्यवसायमा लागेका हुन् ।

महिलाले उत्पादन गर्ने खसीबोका सहकारीले बिक्री गर्ने गरेको सप्तरङ्गी सामाजिक उद्यमीका प्रबन्धक मनु पुनले बताए । सप्तरङ्गी सहकारीले वार्षिक रु दुई करोड र वसन्त सहकारीले रु एक करोड ९० लाख बढीको खसीबोका बिक्री गर्दै आएका छन् । महिलालाई उद्यमसँग जोड्नका लागि स्थापना भएको सप्तरङ्गी सहकारीमा तीन सय ८० र वसन्त सहकारीमा पाँच सय ६४ जना महिला आबद्ध छन् ।

सप्तरङ्गी सहकारीले यस वर्षको दसैँमा पाँच सय खसीबोका बिक्री गर्न तयार गरेकामा करिब एक सय बिक्री भएको संस्थाका प्रबन्धक पुनले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यसवर्ष खसीबोकाको माग कम भएकाले बिक्री गर्न नसकिएको उनले बताए ।

‘गत वर्षको दसैँका बेला पाँच सय बढी खसीबोका बिक्री भएको थियो, यसवर्ष धेरै बिक्री गर्न सकिएन, सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेका ६० का दरले वार्षिक एक हजारभन्दा बढी खुसीबोका बिक्री हुन्छ’, पुनले भने, ‘गाउँका अधिकांश दिदीबहिनीले मेहनत गरेर आत्मनिर्भर बन्दै जानुभएको छ । सहकारीले पनि उहाँहरुलाई सहयोग गर्दै आएको छ । अघिल्लो वर्ष वार्षिक करिब रु दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरेका थियौँ ।’

पुनले यस मङ्सिर महिनामा गाउँमा पूजा हुने परम्परा रहेकाले मङ्सिरमा धेरै बोकापाठा बिक्री हुने बताए । दसैँमा अन्य ठाउँबाट पनि भेडा, च्याङ्ग्रा र खसीबोका बिक्री गर्न बागलुङ ल्याउँदा आफूहरुको उत्पादनले बजार नपाएको उनले उल्लेख गरे ।

वसन्त सहकारीकी प्रबन्धक हेमा विश्वकर्माले पछिल्लो समय खसीबोकाले बजार नपाउँदा आम्दानी कम हुँदै गएको बताए । अघिल्लो वर्षमा सहकारीमार्फत हरेक महिना एक सयदेखि एक सय ५० वटासम्म खसीबोका बिक्री गर्ने गरेको भन्दै अहिले ५० को हाराहारीमा मात्रै बिक्री भएको उनले जानकारी दिए ।

पहिले वार्षिक एक हजार पाँच सय खसीबोका बिक्री गर्दा रु दुई करोड १० लाख गाउँ भित्र्याउने गरेको भन्दै विश्वकर्माले यसवर्ष करिब रु दुई करोड मात्रै आम्दानी भएको उल्लेख गरे । यस वर्षको दसैँका लागि आठ सय खसीबोका तयार भए पनि तीन सय मात्र बिक्री भएको उनले जानकारी दिए ।

‘अहिले बजारको माग कम भएको छ । यसअघिका वर्षहरुमा खसीबोकाको माग निकै आउने गरेकामा अहिले मूल्य बढे पनि माग कम छ’, विश्वकर्माले भने, ‘खसीबोका पालनबाट महिला आत्मनिर्भर बन्दै जानुभएको छ, यो सकारात्मक पक्ष हो ।’ स्थानीय निकायसँगको समन्वयमा सीप विकासका लागि तालिमको व्यवस्था गर्न सके महिलाहरु यसप्रति अझै आकर्षित हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी