×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाइपाई आएको सेवासुविधा खोसेपछि राजिनामा माग्दै सेबोन अध्यक्षको गाडीको चाबी खोसियो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खाइपाई आएको सेवासुविधा खोसेपछि राजिनामा माग्दै सेबोन अध्यक्षको गाडीको चाबी खोसियो !

Artha Sarokar

७ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कर्मचारीले बोर्ड अध्यक्षको गाडीको चाबी खोसेका छन् । खाइपाई आएको सेवासुविधा खोसेको भन्दै धर्नासहित विरोधमा उत्रिएका बोर्डका कर्मचारीले बोर्ड अध्यक्ष सन्तोषनारयाण श्रेष्ठको गाडीको चाबी खोसेका हुन् ।

उनीहरुले बोर्ड अध्यक्ष श्रेष्ठविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजी गर्दै कर्मचारीहरुले बोर्ड अध्यक्षसहित बोर्डका कार्यकारी निर्देशकहरुको राजिनामा मागेका छन् । 

राजस्व सचिव दिनेश कुमार घिमिरेले सचिवस्तरीय निर्णयबाट बोर्डका कर्मचारीले खाइपाई आएको सुविधा र कर्जा सुविधा कटौती गर्न निर्देशन दिएका थिए । सोही निर्देशनको विरोध गर्दै बोर्डका दुवै कर्मचारी युनियन धर्नामा उत्रिएका छन् । उनीहरुले कि सो निर्णय सल्टाउन वा राजिनामा दिन माग गरेका छन् । 

आन्दोलनरत बोर्डका कर्मचारीहरुले बोर्डमा तालाबन्दीसमेत गरेका छन् । उनीहरुले माग पूरा नभएसम्म काममा नफर्किने चेतावनीसमेत दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी