काठमाडौँ । बीस हजार लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडको जायजेथामा परिणत भएको छ । नवलपरासीका विष्णुकुमार चौधरीले १६ वर्ष दमौलीमा ढाकाको व्यवसाय गरेर करोडको सम्पत्ति जोडेका हुन् ।
व्यास नगरपालिका-२ मा २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी सफल उद्यमी बनेका छन् । ढाका उद्योगमा उनले २५ जनालाई रोजगारी दिएका छन् । हाल उनको उद्योगमा रु एक करोड बढीको लगानी छ ।
ढाकाबाट उत्पादन गर्न सकिने विभिन्न परिधानबारे प्रशिक्षणका सिलसिलामा दमौली आएका उनले रु २० हजार लगानी गरी व्यवसाय थालेको बताए । उनले भने, ‘पछिल्लो समय अपेक्षा गरिएअनुरुप व्यापार नभए पनि ढाकाको साडी र कोटतर्फ युवायुवतीको आकर्षण बढ्दै गएको छ’, ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य परिधान बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको गएको उनको भनाइ छ ।
ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाकाटोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको उनले बताए । यहाँ उत्पादित ढाकाका सामग्री जिल्लामा मात्र सीमित छैनन् लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायत स्थानबाट माग हुने गरेको छ ।
यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयहरूले ढाकाको कपडा किन्ने गरेका छन् । उनले भने, ‘दौरा सुरुवाल, जनजातिको कपडादेखि धातुजन्य गहना, सटिङ सुटिङ, विवाह, व्रतबन्ध, पास्नी, विद्यालय, कलेजका पोसाकका साथै झोला उद्योग सञ्चालन गर्दै आएको छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्