काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर खरिद बिक्री हुँदा रू.७ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन बैंक लिमिटेड संस्थापक शेयरको भएको छ । यस कम्पनीको १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने एनआईबिएल स्टेबल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।





 
                     
			 
						







